मोबाइलसँग सम्वन्धित टेलिकमको सेवा कसरी लिने ?

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले आफ्नो मोबाइलमा रहेको ब्यालेन्स चेक गर्दा *400# डायल गर्छन् । यसलाई युएसएसडी कोड अर्थात क्विक कोड भनिन्छ । टेलिकमले तपाईको सुविधाका लागि यस्ता धेरै युएसएसडी कोडहरु उपलब्ध गराएको छ । हरेक कोड फरक फरक सुविधासँग सम्वन्धित हुन्छ । हामी यस्तो कोड थाहा नपाउँदा महत्वपूर्ण सुविधा प्राप्त गर्नबाट बञ्चित भइरहेका हुन्छौँ । नेपाल टेलिकमले फोरजी एक्टिभेसन, प्याकेज सब्सक्रिप्सन, जीएसएम मोबाइल रिचार्ज, ब्यालेन्स ट्रान्सफर, मिस्कल अलर्ट, कल रिङब्याक टोन लगायतका कोड दिएको छ । आफ्नो नम्बर जाँच्न : कहिलेकाँही तपाई आफुले बोकेको नम्बर थाहा नपाउन सक्नुहुन्छ । यस्तो बेला के गर्ने ? तपाई *9# डायल गर्नुस् । यो कोड डाइल गर्दा तपाई आफ्नो फोन नम्बर थाहा पाउन सक्नुहुन्छ । सिम कसको नाममा छ ? आफुले प्रयोग गरिरहेको नम्बर कसको नाममा छ भन्ने हामीलाई हेक्का नहुन सक्छ । हामी नम्बर भएपछि जसको नाममा भएपनि फरक पर्दैनौँ भनेर बुझ्छौँ । कहिलेकाँही तपाईले प्रयोग गरिरहेको नम्बर कसको नाममा छ भन्ने विषय महत्वपूर्ण हुन्छ । त्यस्तो बेला तपाई *922# डायल गर्नुस् । लगत्तै टेलिकमले तपाईले प्रयोग गरेको नम्बर कसको नाममा छ भन्ने सन्देश पठाउँछ । फोरजी एक्टीभेसन : *444# डायल गरी तपाईंले आफ्नो सिमकार्डलाई फोरजीमा परिवर्तन गर्न सक्नुहुनेछ । यदि तपाईंको सिममकार्ड फोरजीको लागि उपयुक्त छैन भने त्यसले उक्त जानकारी पनि दिनेछ । त्यस्तो भएको खण्डमा भने सिमकार्ड परिवर्तन गर्नुपर्ने हुन्छ । प्याकेज सब्सक्रिप्सन : *1415# यो डायल गरी तपाईंले टेलिकमले उपलब्ध गराउँदै आएको विभिन्न प्याक खरिद गर्न सकिन्छ । जीएसएम मोबाइल रिचार्ज : *412* पिन नम्बर # डायल गरी तपाईंले मोबाइल रिचार्ज गर्न सक्नु हुन्छ । ब्यालेन्स ट्रान्सफर – प्रिपेड : *422* सेक्युरीटी कोड * मोबाइल नम्बर * एमाउण्ट * डायल गरी तपाईंले कसैलाई पैसा पठाउन सक्नु हुनेछ । मिसकल अलर्ट सर्भिस : *1400# यो डायल गरी यो सेवा लिन सकिन्छ । यसबाट कसैले तपाईंलाई फोन ट्राइ गरेको खण्डमा जानकारी दिने काम गर्छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया