पाँच महिनामा रु ३४ करोडभन्दा बढी राजश्व संकलन

कैलाली । यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षको सुरुवात यता रु ३४ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेशनलगायत विभिन्न शीर्षकबाट रु ३४ करोड ३५ लाख ८८ हजार ४१३ राजश्व संकलन गरेको यातायात व्यवस्था कार्यालय कैलालीका निमित्त प्रमुख लक्ष्मण शाहले जानकारी दिए । चालु आवको असोजमा सबैभन्दा बढी राजश्व संकलन भएको शाहले बताए । उनका अनुसार असोज महिनामा मात्रै रु १३ करोड ८१ लाख सात हजार ६४३ राजश्व संकलन भएको छ । चालु आवको मंसिर महिनामा भने सबैभन्दा कम रु पाँच करोड ३८ लाख तीन हजार ४९२ संकलन भएको छ । त्यस्तै, भदौंमा रु १० करोड ३६ लाख ७६०, कात्तिकमा रु नौं करोड १५ लाख ५० हजार १०८ र साउनमा रु पाँच करोड ७० लाख ५६ हजार ४१० संकलन भएको छ ।
ताजा अपडेट
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
-
विशेष अदालतको फैसलामाथि सर्वोच्चमा पुनरावेदन
प्रतिक्रिया