कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटन गरेसँगै कांग्रेसले प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाे भन्दै चर्को आलोचना गर्दै अाएकाे छ । सोमबार कांग्रेसको आयोजनामा सानेपामा बसेकाे नेकपा र जसपाकाे बैठकले ओलीकाे कदमकाे सामूहिक प्रतिवाद गर्ने निर्णय गरेकाे थियो । बैठकबाट प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै आ–आफ्ना केन्द्रीय समितिको बैठक बसेर थप धारणा अघि सार्ने निर्णय गरेका थिए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया