ओली पक्षको केन्द्रीय समितिको बैठक बालुवाटारमा जारी, पार्टी फुटाउने अध्यादेश ल्याउने तयारी

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली निकटका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा सुरु भएको छ । फुटको संघारमा पुगेपछि बढीभन्दा बढी केन्द्रीय सदस्यलाई आफ्नोतिर पार्न ओली र अर्का अध्यक्ष प्रचण्डबीच प्रतिस्पर्धा चलेको छ । आजै प्रचण्ड पक्षले पनि १ बजे केन्द्रीय समितिको बैठक बोलाएका छन् । ओलीले आफू नै नेकपाका संस्थापक रहेको भन्दै अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुलाई कारवाही गर्ने र आफ्नो पक्षका धेरैभन्दा धेरै केन्द्रीय सदस्य बटुल्ने प्रयास गरिरहेका छन् । अहिलेसम्म ओली पक्षमा ३० प्रतिशत जति केन्द्रीय सदस्य रहेको बताइएको छ । अहिलेको कानुनी व्यवस्था अनुसार पार्टी फुटाएर अलग हुनका लागि केन्द्रीय समिति र सांसदको संख्या ४०४० प्रतिशत हुनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, प्रतिनिधिसभा भंग भएकाले केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउनुपर्ने हुन्छ । तर, ओलीसँग अहिले केन्द्रीय समितिमा ओली पक्षको संख्या ४० प्रतिशत पुग्ने देखिंदैन । यसकारण ओलीले आफ्नो हिस्सामापन गरेर पार्टी फुटाउन सक्नेगरी अध्यादेश ल्याउने तयारीमा छन् । तर, ओलीलाई प्रचण्ड पक्षले कारवाही गरी निर्वाचन आयोगलाई जानकारी गराइसकेको छ ।
ताजा अपडेट
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
-
विशेष अदालतको फैसलामाथि सर्वोच्चमा पुनरावेदन
प्रतिक्रिया