गौतम र थापाबीच भेटघाट

काठमाडौं । गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र नेकपाका उपाध्यक्ष वामदेव गौतमले भेटेका छन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपामा प्रचण्ड पक्ष र ओली पक्ष छुट्टाछुट्टै बैठक बसिरहेको छ । दुवै पक्षतर्फ नगएका थापा र गौतमले पनि भैसेपाटीस्थित गौतम निवासमा बैठकमा जुटेका हुन् । प्रचण्ड पक्षले थापा र गौतमलाई उनीहरुकै निवासमा भेटेर आफ्नो पक्षमा सामेल हुन लगातार अनुरोध गरिरहेको छ । आज पनि प्रचण्ड पक्षले थापा र गौतमलाई उनीहरुको निवासमा भेटेको थियो । तर, दुवैले अहिलेसम्म कुनै पनि पक्षतर्फ आफ्नो झुकाव देखाएका छैनन् । गौतमले निरन्तर आफू कुनै पनि पक्षको बैठकमा सामेल नहुने भनिरहेका छन् भने थापाले ओलीको कदमलाई प्रतिगामी भनेपनि आफू कुन पक्षमा सामेल हुने भन्ने बारेमा कुनै पनि अभिव्यक्ति दिएका छैनन् ।
ताजा अपडेट
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
-
विशेष अदालतको फैसलामाथि सर्वोच्चमा पुनरावेदन
प्रतिक्रिया