NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

प्रतिनिधिसभा भंगविरूद्ध नेकपाको रिट दर्ता, भोलि सुनुवाई हुने

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरुद्धमा रिट दर्ता गराएको छ । प्रचण्ड–नेपाल पक्षले वारेसमार्फत सर्वोच्च अदालतमा रिट दर्ताका लागि पठाएको हो । गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक प्रतिनिधिसभा भंग गरिदिएपछि नेकपा नै विभाजन हुन पुग्यो । नेकपाले नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालको ‘ल’ फर्मका अधिवक्ता प्रवेश केसीलाई वारेसमार्फत रिट पठाएको हो । अधिवक्ता केसीले रिट दर्ता भईसकेको जानकारी दिए । यस रिटको पहिलो सुनुवाई भने बुधबारका लागि पेशिएको छ । पार्टीको तर्फबाट रिट निवेदक भने नेकपा संसदिय दलका प्रमुख सचेतक देव गुरुङ तथा अन्य सांसदहरु शशि श्रेष्ठ, कृष्णभक्त पोखरेल र रामकुमारी झांक्री रहेका छन् । नेकपाले प्रतिनिधिसभा विघटन गर्ने सरकारी निर्णय गैरसंवैधानिक भएको पनि भनेको छ । नेकपाका ९० प्रतिनिधिसभा सांसद, कांग्रेस र जनता समाजवादी पार्टीका सांसद प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् ।