NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

तीन ‘प’को बारे मात्रै सोच्नेका हातमा देश सुम्पिन सकिनँ अनि संसद विघटन गरें : ओली

काठमाडौं । विभाजनतर्फ अघि बढेको नेकपाका एक अध्यक्ष केपी ओलीले संसद विघटन गर्नुपर्नाको कारण प्रस्तुत गरेका छन् । आफ्नो गुटका मात्रै केन्द्रीय सदस्यहरुको बालुवाटारमा भएको बैठकमा झण्डै पौनै एक घण्टा बोलेका ओलीले जनताले विश्वास गरेर आफूलाई प्रधानमन्त्री बनाए पनि पद, पैसा र परिवारमात्रै सोच्नेलाई देश सुम्पिन तयार नभएकोले संसद विघटन गर्नुपरेको बताएका हुन् । ‘पार्टी निर्माणको क्रममा एकता र एकीकरण अभियान संचालन गर्दै यहाँसम्म ल्याएँ । पार्टीको प्रथम अध्यक्षको हैसियमा जनताले विश्वास गरेको प्रधानमन्त्रीको रुपमा विश्वास गरेका छन्’ ओलीले भने, ‘तर, देशभक्ति मनमा नभएका, लोकतान्त्रिक चिन्तन र चरित्र नभएका, देश र जनताको बारेमा कहिल्यै नसोच्ने । आफू आफ्नो परिवार र अझ तीन ‘प’को बारे मात्रै सोच्नेको हातमा देश सुम्पनसकिंदैन । यसैकारण संसद विघटन गर्नुपर्यो ।’ यसपछिको परिस्थितिलाई अर्को पक्षले झन् निहुँ बनाउने पनि ओलीले बताएका छन् । ‘पार्टी विभाजन गर्न खोजेका छन् । परामर्श पनि नगरी अध्यक्षलाई निकाल्ने काम गरिरहेका छन्’ ओलीले भनेका छन्, ‘महाधिवेशन गर्नतिर लागेका छैनन् । तर, अब हामी महाधिवेशन गर्न सक्ने र आगामी अभिभारा सम्पन्न गर्न सक्ने गरी केन्द्रीय समिति पुनर्गठन गरेको हुँ ।’

ताजा अपडेट

नेपालवाच विशेष