NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

केपी ओली बर्खास्त, माधव नेपाल नयाँ अध्यक्ष

काठमाडौं । माधव नेपाललाई नेकपाको नयाँ अध्यक्ष बनाइएको छ । बबरमहलमा बसेको नेकपाको केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई बर्खास्त गरेसँगै अध्यक्षको रुपमा माधव नेपाललाई नियुक्त गरेको छ । यससँगै नेकपामा अब पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेपाल अध्यक्ष रहनेछन् । नेकपाको जारी केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी ओलीलाई नेकपाको पार्टी अध्यक्षबाट वर्खास्त गर्ने निर्णय गरेको थियो । असंवैधानिक कदम चाल्दै प्रतिनिधिसभा विघटन गरेको भन्दै नेकपाको प्रचण्ड–माधव नेपाल समूहले कारबाही स्वरुप ओलीलाई अध्यक्षबाट बर्खास्त गरेको हो । यस अघि ओलीलाई कारबाहीको लागि स्थायी समितिले सिफारिस गरेको थियो । यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सरकारको असंवैधानिक कदममा साथ दिएको भन्दै बैठकले विरोध गरेको छ । केन्द्रीय कमिटीको अर्को बैठक ९ पुसमा पुनः बस्ने जानकारी केन्द्रीय सदस्य शिवकुमार मण्डलले जानकारी दिए । उनले केपी ओली सच्चिएर आए उनलाई पार्टीमा स्थान दिनबारे पनि निर्णय गरेको जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष