महरा स्थायी समिति सदस्य

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले स्थायी समिति सदस्य बनाएको छ । नेकपाका प्रचण्ड–नेपाल पक्षको आइतबार बसेको बैठकले स्थायी समितिको बैठकले महरालाई स्थायी समिति सदस्य बनाउने निर्णय गरेको थियो । स्थायी समितिको निर्णय आज बबरमहलमा भएको केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको थियो । उक्त प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले पारित गरेसँगै महरा नेकपाको स्थायी कमिटी सदस्य बनेका छन् ।
प्रतिक्रिया