NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र राणा आफैंले हेर्ने

काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जवराले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट आफ्नो एकल इजलासमा तोकेका छन् । अदालतमा परेको मुद्दाको इजलास तोक्ने अधिकार प्रधानन्यायाधीशलाई हुन्छ । त्यही अधिकार प्रयोग गरेर उनले सबै रिट आफ्नो इजलासमा राखेका हुन् । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्चले आज सुनुवाई सुरु गर्दैछ । यस्तो महत्वपूर्ण रिटलाई प्रधानन्यायाधीशले आफ्नै एकल इजलासमा राखेका हुन् । हिजोमात्र प्रचण्ड समूहको नेकपाका सांसदहरुले पनि प्रतिनिधिसभा विघटनको विरुद्धमा रिट दायर गरेका थिए । रिटमा प्रतिनिधिसभा विघटन विरुद्ध अन्तरिम आदेशको माग गरिएको छ । साथै पुस १७ अघि नै संसद बैठकक राख्न आदेश माग गरिएको छ । सर्वोच्चको नियमित इजलासमा अहिलेसम्म प्रतिनिधिसभा विघटन विरुद्ध १२ रिट परेका छन् ।