ओलीपक्षीय केन्द्रीय कमिटी सदस्यहरुलाई कार्यगत प्रशिक्षण

काठमाडौं । नेकपाको ओलीपक्षीय केन्द्रीय कमिटीको मंगलबारको बैठकले केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेका सदस्यहरुलाई कार्यगत प्रशिक्षण दिने भएको छ । ओली पक्षद्वारा प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार पार्टीको केन्द्रीय कमिटी बैठकमा मनोनयन भएका सदस्यहरु कार्यगत प्रशिक्षण दिन पार्टीका विभिन्न नेताहरुलाई खटाईएको छ । ज्ञवालीका अनुसार सुदुरपश्चिम प्रदेशका लागि लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेलाई खटाईएको छ । त्यस्तै, कर्णाली प्रदेशका लागि शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य खटेका छन् । लुम्बिनी प्रदेशका लागि विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई खटाईएको छ । गण्डकीका लागि टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल, वागमतीका लागि ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल र प्रदेश २ का लागि ईश्वर पोखरेल, रधुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो रहेका छन् । त्यस्तै, प्रदेश १ का लागि सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे रहेको ज्ञवालीले बताएका छन्।
ताजा अपडेट
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
-
विशेष अदालतको फैसलामाथि सर्वोच्चमा पुनरावेदन
प्रतिक्रिया