प्रतिनिधिसभा विघटनको रिट : प्रधानन्यायाधीश इजलासमा, २ बजेपछि नभ्याउने

प्रतिनिधिसभा विघटनसम्वन्धि १२ वटा रिट आफ्नो इजलासमा रहने गरी पेसी तोके पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको कार्यतालिका चापाचाप देखिएको छ । खाजाको समयपछि जवरा इजलासमा बस्न नभ्याउने भएका हुन् । तर उनले प्रतिनिधिसभा विघटनसम्वन्धि पेसी विहान १० बजे नै आफ्नो इजलासमा रहने गरी तोकेका थिए । प्रधानन्यायाधीश जवरा दिउँसो २ बजे सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलको उद्घाटन कार्यक्रम, महान्यायाधीवक्ताको कार्यालयको नयाँ भवन उद्घमा जाने कार्यक्रम रहेको छ । प्रधानन्यायाधीश जवरा वक्ताको रुपमा रहेको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले बताए । सो कार्यक्रममा प्रधानमन्त्री केपी ओली प्रमुख वक्ताको रुपमा रहनेछन् । यस रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश इजलासमा नआए ‘हेर्न नभ्याइन’ र आए ‘हेर्दाहेर्दै’मा राख्ने सम्भावना रहेको बहसमा आएका एक कानुन व्यवसायीले बताए।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया