NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

कांग्रेस केन्द्रीय समितिमा आन्दोलन कि निर्वाचनको बहस आज पनि

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि अब कसरी अगाडि भन्नेमा कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको थियो । केन्द्रीय समिति बैठकमासमेत छलफल गरी कांग्रेसले अब कसरी अगाडि जाने भन्ने निर्णय गर्दैछ । प्रतिनिधिसभा विघटनपछि कांग्रेसमा दुईथरी विचार देखिन थालेका छन् । एकथरीले प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक रहेको भन्दै प्रष्ट रुपमा प्रतिवाद गरेर जानुपर्ने मत राखिरहेका छन् । अर्कोथरीले अब संसद पुनस्थापना भए पनि नेकपाकै सरकार बन्ने भन्दै घोषणा भएको निर्वाचनको तयारीमा कांग्रेस जुट्नुपर्ने मत राख्दै आएका छन् । संस्थापन सभापति पक्षधरका धेरै नेताले चुनावलाई कांग्रेसले प्राथमिकतामाा राख्नुपर्ने मत अघि सारेका छन् । नेता रामचन्द्र पौडेल पक्षले ओलीको कदम अवैधानिक रहेको भन्दै अरु दलसँगसमेत मिलेर सशक्त रुरूपमा प्रतिवाद गर्नुपर्ने मत राखिरहेका छन् । मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले संसद विघटनपछि संकट आएकोले अब कसरी अगाडि जाने भन्नेमा स्पष्ट भएर मत राख्न केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका थिए । मंगलबार नेता रामचन्द्र पौडेलले ओलीको कदम असंवैधानिक रहेको भन्दै सशक्त प्रतिवाद गर्नुपर्ने बताए । लाेकतन्त्रवादी कांग्रेसले नै यस्तो कदमको विरोध नगरे आफूहरुमाथि नै प्रश्न उठ्ने उनको भनाई थियो । ओलीको कदम गलत हो भन्ने नभईकन निर्वाचनतिर कुद्न हतार गर्न नहुने उनले बताए । देउवा निकटका नेता एनपी साउदले निर्वाचन कांग्रेसका लागि अवसर भएको भन्दै निर्वाचनमा नै होमिनुपर्ने बताएका थिए । सदस्यहरुले बोल्ने क्रम नसकिएकोले आज पनि बैठक बस्न लागेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष