संसद् विघटनसँगै दुई वर्षभित्रै चौंथो चुनाव गर्दै इजरायल

काठमाडौं । इजरायलमा संसद् विघटन भएपछि दुई वर्षभित्रै चौंथो चुनाव हुने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतनन्याहुले बुधबार संसद् विघटन गरेका थिए । नेतनन्याहुको सरकारले बजेट ल्याउन नसकेपछि संसद् विघटन गरिएको थियो । नेतनन्याहु र उनका चुनावी प्रतिद्वन्द्वी तथा रक्षा मन्त्री बेन्नी गान्ट्ज विगत केही हप्तादेखि आपसी व्यवहारमा अविश्वास देखिएको थियो । रक्षामन्त्रीसँगको आपसी अविश्वास चलिरहँदा नेतनन्याहुको सरकारलाई मंगलबार मध्यरातसम्म बजेट ल्याउनुपर्ने बाध्यता थियो । तर, बजेट ल्याउन नसकेपछि संसद् विघटन भएको हो । अप्रिलमा नेतनन्याहु र गान्ट्जबीच एकअर्कासँग सहकार्यमा काम गर्ने भनि सरकार बनेको थियो । गान्ट्ज आफूले नेतनन्याहुलाई कहिल्यै विश्वास नगरेपनि इजरायलमा चौंथो चुनाव हुन नदिन यो कदम चालेको बताएका थिए । उनले सन् २०२० र सन् २०२१ को लागि संयुक्त बजेट ल्याउनुपर्ने माग गरेका थिए । तर, नेतनन्याहुले २०२१ को बजेट ल्याउन मानेनन् । त्यसपछिको विवादका कारण नेतनन्याहुले संसद् विघटन गरेका हुन् । संसद् विघटनसँगै अब इजरायलमा आगामी वर्षको मार्च २३ मा चुनाव हुने घोषणा भएको छ । यो चुनाव विगत दुई वर्षमा भएका चुनावहरुमा चौंथो चुनाव हुनेछ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया