प्रतिनिधिसभा विघटनका सबै रिट संवैधानिक इजलासमा पठाउने आदेश, शुक्रबार पेसी

काठमाडाैं । प्रतिनिधिसभा विघटनसम्बन्धीका सबै रिट अब संवैधानिक इजलासबाट सुनुवाइ हुने भएका छन् । नियमित इजलासमा दर्ता भएका १२ रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराले अरु कुनै आदेश नदिइ सीधै संवैधानिक इजलास पठाउने आदेश गरेका हुन् । संवैधानिक इजलास पर्सि शुक्रबार बस्नेछ । संवैधानिक इजालासको नेतृत्व प्रधानन्यायाधीशले नै गर्ने संवैधानिक व्यवस्था छ । उक्त इजलासमा अन्य चार जना न्यायाधीश रहन्छन्, त्यसको छनोट प्रधानन्यायाधीशले नै गर्छन् । सर्वोच्चको संवैधानिक इजलासमा रहने रोष्टर अनुसार १० जना न्यायाधीश छन् । सर्वोच्च प्रशासनका अनुसार अहिले संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ल छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया