NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

केन्द्रीय सदस्य बनाएकै भोलिपल्ट मन्त्री र सांसदले छाडे ओलीको साथ

काठमाडौं । मंगलबार बसेको नेकपाको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले थपेका दुई केन्द्रीय कमिटी सदस्यहरुले पद अस्वीकार गरेका छन् । प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले नेकपाको ओली पक्षले गरेको बैठकबाट आफूलाई दिईएको केन्द्रीय कमिटी सदस्यको पद अस्वीकार गरेकी हुन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपाभित्र प्रचण्ड पक्ष र ओली पक्ष विभाजित भएको छ । यसैबिच मंगलबार बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा सदस्यहरु थपेको थियो । बैठकबाट केन्द्रीय कमिटीको जिम्मेवारी पाएकी गजमेरले पद अस्वीकार गरेकी हुन् । गजमेरले सामाजिक सञ्जालमार्फत जतना रोइरहेको बेला प्राप्त जिम्मेवारी स्वीकार्न नसक्ने बताएकी हुन् । बिश्वास र भरोसाको साथ अमुल्य मत दिएको पार्टी बिभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रिय कमिटीको सदस्यको जिम्मेवारीलाई मैले स्वीकार गर्न सकिन ।Posted by Jasmaya Gajmer on Tuesday, December 22, 2020 गजमेरले लेखेकी छिन्, ‘बिश्वास र भरोसाको साथ अमुल्य मत दिएको पार्टी बिभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रीय कमिटीको सदस्यको जिम्मेवारीलाई मैले स्वीकार गर्न सकिनँ ।’ त्यस्तै, प्रदेश सांसद गोपाल चन्द्र बुढाथोकीले पनि केन्द्रीय कमिटी बैठकबाट आफूर्लाइ केन्द्रीय कमिटी सदस्य बनाउने निर्णयलाई अस्वीकार गरेका छन् । बुढाथोकीले पनि सामाजिक सञ्जालमार्फत आफूले केन्द्रीय कमिटी बैठकको निर्णयलाई अस्वीकार गरेको बताएका हुन् । उनले जनताले परिवारभन्दा बढि माया गरेको पार्टी फेरि विभाजन गरेको आरोप लगाउँदै आफूले केन्द्रीय सदस्यको पद अस्वीकार गरेको जानकारी दिएका छन् । कमरेडहरु कम्युनिस्ट अान्दोलन फुट विभाजनको तितो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरुले शिक्षा लिएनन् जनतालाई धरधरी रुवाएर…Posted by Gopal Budhathoki on Tuesday, December 22, 2020 ‘कमरेडहरु, कम्युनिस्ट आन्दोलन फुट विभाजनको तितो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरुले शिक्षा लिएनन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘जनतालाई धरधरी रुवाएर जनताले परिवार भन्दा बढी मायागरेको पार्टी फेरि विभाजित गरे । यो बेला नेकपाको दुईवटा केन्द्रीय कमिटी बनाएर एउटा कमिटीमा केन्द्रीय कमिटी सदस्य मनोनित गरेको थाहा पाए । तर मलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मन्जुर छैन ।’

ताजा अपडेट

नेपालवाच विशेष