NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

महिला खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्ति

वालिङ । वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ । नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पससँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी भएको नगर प्रमुख दिलीपप्रताप खाणले बताए । ‘महिला फुटबलमा निक्कै सम्भावना बोकेको वालिङका महिला खेलाडीलाई खेलसँगसँगै उनीहरुको शैक्षिक योग्यतालाई पनि मध्यनजर गर्दै छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेका छौं’, नगर प्रमुख खाणले भने, ‘जसले गर्दा खेलसँगै अध्ययन पनि राम्रो हुने र थप आर्थिक बोझ पर्ने छैन ।’ उनले महिला खेलाडीहरुले आफूले अध्ययन गर्दै आइरहेको विद्यालयक्याम्पस उल्लेख गरी नगरपालिका कार्यालयमा निवेदन दिएपछि छात्रवृत्तिको प्रक्रिया थालिने बताए । वालिङका महिला फुटबल खेलाडीले विभिन्न उमेर समूहमा राष्ट्रिय टिममा सहभागी भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश भइसकेका छन् । वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको क्षमता विकासमा अग्रसरता देखाएर खेलाडीमा ऊर्जा थपेको अखिल नेपाल फुटबल सङ्घ महिला फुटबल समितिका अध्यक्ष पेमा लामाले बताईन् ।

ताजा अपडेट

नेपालवाच विशेष