NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

ओलीलाई पार्टी अध्यक्षबाट हटाएको पत्र लिएर निर्वाचन आयोग पुग्यो प्रचण्ड नेकपा समूह

काठमाडौं । प्रधानमन्त्री केपी ओली पार्टी अध्यक्षबाट हटाएको पत्र लिएर प्रचण्ड नेकपा समूह निर्वाचन आयोग पुगेको छ । पत्र लिएर नेकपा स्थायी समिति सदस्य लीलामणि पौडेललगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन् । यसअघि बसेको स्थायी समितिको बैठकले ओलीलाई अनुशासनको कारबाही गरेको पत्र निर्वाचन आयोग पठाएको थियो । तर मंगलबार नेकपाका ३१५ केन्द्रीय सदस्यले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णय अनुमोदन गरेको थियो । सो जानकारी दिनका लागि पौडेलसहितको टोली आयोग पुगेको हो । यो सँगै बुधबार बसेको संसदीय दलको बैठकले पनि ओलीलाई पाटीको संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ । ओलीलाई अध्यक्षबाट हटाएको र माधव नेपालालाई अध्यक्षमा नियुक्ति गरेको जानकारी गराउन पूर्व महान्याधिवक्ता मुक्ति प्रधान, स्थायी समिति सदस्य लीलामणि पौडेल लगायतको टोली निर्वाचन आयोग पुगेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष