प्रचण्डले भने – नयाँ सरकार बनाउँछौं

काठमाडौं । राजनीतिक रुपमा विभाजिक नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बनाउने घोषणा गरेका छन् । प्रचण्डले संसदलाई पुर्नस्थापीत गरेर नयाँ सरकार बनाउने बताएका हुन् । आज बसेको नेकपाको प्रचण्ड–नेपाल समुहको बैठकमा संसदीय नेता चयन भएपछि प्रचण्डले प्रतिनिधिसभा विघटन अवैधानिक भएको भन्दै संसद पुर्नस्थापीत गरेर नयाँ सरकार बनाउने बताएका थिए । उनले भने, ‘संसद् पुनस्र्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिवद्धता छ । अरु संसदीय दलका नेताहरुसँग पनि छलफल गरेर नयाँ परिस्थितिको निर्माण गर्छौ ।’ बानेश्वरस्थित संसद भवनमा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा आज १ सय १७ जना सांसद उपस्थित थिए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया