NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

प्रचण्ड-नेपाल पक्ष – घर छाडेर जानेले अर्को बनाउँनुपर्छ

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले आफ्ना २ सय ९० सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरेको र आफूहरुनै आधिकारिक नेकपा भएको पत्र बुझाएको छ । नेकपाका सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायतले निर्वाचन आयोगमा पत्र बुझाएका थिए । पत्र बुझाएपछि स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डेले आफूहरु नै आधिकारिक नेकपा भएको बताएका छन् । पाण्डेले आफूहरुसँग ७० प्रतिशत मत भएको बताउँदै घर छाडेर जानेले घर नपाउने र अर्को बनाउनुपर्ने भन्दै नेकपाको ओली पक्षलाई कटाक्ष गरेका थिए । साथै, सूर्य चिन्ह पनि आफूहरुले नै पाउने उनको तर्क थियो । ‘हामीसँग ७० प्रतिशत मत छ,’ उनले भने, ‘घर छाडेर जानेले घर पाउँछ र? अर्को बनाउनुपर्छ । सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ, हामीले पाउछौँ।

ताजा अपडेट

नेपालवाच विशेष