ओली समूह छाडी प्रचण्ड–नेपालतिर

काठमाडौं । मंगलबार बालुवाटारमा बसेको नेकपाको ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकबाट केन्द्रीय सदस्यको रुपमा चुनिएका नेकपा ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य डम्बरधोज तुम्बाहाम्फेले आफूलाई दिईएको पद अस्वीकार गरेका छन् । तुम्बाहाम्फेले एक विज्ञप्ती जारी गर्दै आफूलाई केन्द्रीय सदस्य बनाएको निर्णयप्रति असहमती रहेको बताएका छन् । उनले विज्ञप्तीमा आफूलाई थाहै नदिइ सो निर्णय लिईएको र निर्णयसँग आफू सहमत हुन नसकेको बताएका छन् । सँगै उनले आफू नेकपाको प्रचण्ड–नेपाल समूहमा रहेको कुरा पनि विज्ञप्तीबाट प्रष्ट पारेका छन् । ‘मलाई थाहै नदिइ मेरो नाम कमरेड केपी शर्मा ओली समूहको केन्द्रीय सदस्यमा राखिएको प्रति मेरो असहमति छ,’ उनले विज्ञप्तीमा भनेका छन्, ‘म पार्टीको बहुमत केन्द्रीय सदस्यहरुले प्रतिनिधित्व गरेको अर्थात क. प्रचण्ड र क. माधव नेपाल नेतृत्व गरेको नेकपा आवद्ध रहेको छु ।’ विज्ञप्ती
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया