NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

बेलायतबाट आएकालाई १० दिन क्वारेन्टिन बस्न आग्रह

काठमाडौं । बेलायतबाट नेपाल वा सो रुट हुँदै नेपाल आएकाहरुलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले एक सुचना जारी गर्दै बेलायतमा नयाँ किसिमको कोरोना भाइरस देशा परेकाले त्यहाँबाट नेपाल आएकाहरुलाई होटल क्वारेन्टिनमा बस्न र अनिवार्य रुपमा आरटी पिसिआर परिक्षण गर्न आग्रह गरेको छ । मन्त्रालयको सुचनाअनुसार बेलायतबाट आएर होटल क्वारेन्टिनमा बसेको ७ देखि १० दिनमा पिसिआर परिक्षण गर्नुपर्ने छ । यो परिक्षणको कुनै पनि शुल्क नलाग्ने मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष