NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

२४ वाणिज्य बैंकले गरे लाभांश घोषणा, बोनस सेयरलाई प्राथमिकता (कुन बैंकको कति ?)

काठमाडौं ।गत आर्थिक वर्ष (आव) २०७६/७७ को नाफाबाट नेप्सेमा सूचीकृत बैंक तथा वित्तिय संस्थाहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन् । हाल संञ्चालनमा रहेका २६ मध्ये २४ वाणिज्य बैंकले गत आवको लाभांश दिने घोषणा गरिसकेका छन् । गत आवमा लाभांश घोषणा गर्ने अधिकांश कम्पनी तथा बैंकले बोनस सेयरलाई प्राथमिता दिएका छन् । नेपाल राष्ट्र बैंकले चालू आव २०७७/७८ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई वितरणयोग्य नाफाको अधिकतम ३० प्रतिशतसम्ममात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्था गरेको छ । यो लाभांश गत असार मसान्तसम्म कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । जसका कारण बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश भन्दा बोनस सेयरतर्फ जानुपर्ने दवाब छ । घोषणा गरेका २३ बैंकले नगद लाभांश भन्दा बोनस सेयरलाई प्राथमिकता दिएका छन् । एभरेष्ट बैंकले भने बोनस भन्दा नगद लाभांश बढी दिएको छ । २४ बैंकका लाभांश दर २४ वटा वाणिज्य बैंकमा सबै भन्दा धेरै लाभांश सेयर दिनेमा नविल बैंक छ । उक्त बैंकले गत आवको नाफाबाट ३५.२६ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । बैंकले आफ्ना सेयरधनीलाई ३३.५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित १.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ । हालसम्म पाँच वटा बैंकको लाभांश पारित भइसकेको छ । बाँकी बैंकले यही पुस मसान्त भित्र साधारणसभा बोलाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष