प्रतिनिधिसभा विघटनको विरोधमा १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महतले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन भएको विरोधमा प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध र प्रदर्शनको कार्यक्रम गर्ने जानकारी दिए । ‘पुस १६ मा हामी ७७ वटै जिल्लामा मेलमिलाप दिवस मनाउँछौं’ महतले भने, ‘त्योभन्दा अगाडि नै प्रतिनिधिसभा विघटनको विरोधमा १६५ प्रतिनिधिसभा क्षेत्रमा विरोध र प्रदर्शन कार्यक्रम गर्छौ । तर, कार्यक्रमको स्वरुप र दिन बिहीबार मात्रै तय गर्छौ ।’
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया