प्रचण्डकै आधारहीन आरोपले पार्टी विभाजित भयोः पौडेल

काठमाडौं । राजनीतिक रुपले विभाजित रहेको नेकपाका ओलीपक्षीय नेता तथा महासचिव विष्णुप्रसाद पौडेलले पुष्प कमल दाहाल ‘प्रचण्ड’ले ओलीमाथि लगाएका आरोपकै कारण पार्टी विभाजनको स्थितिमा पुगेको बताएका छन् । पौडेलले लुम्बिनी प्रदेशस्तरीय भेलामा सम्बोधन गदै प्रचण्डले ओलीमाथि आधारहीन आरोपसहितको पत्र ल्याउनु नै पार्टी विभाजनको कारण भएको बताएका हुन् । उनले भने, ‘अर्का अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीमाथि आधारहीन आरोपहरुसहितको पत्र ल्याउनु नै पार्टी विभाजनको कारण हो ।’ साथै, उनले प्रतिनिधिसभा पुनः स्थापना हुन नसक्ने बताएका छन् । पौडेलले प्रतिनिधिसभा पुनः स्थापना नहुने भएकाले आफ्ना नेता कार्यकर्तालाई चुनावको तयारीमा जुट्न आह्वान गरेका छन् । उक्त कार्यक्रममा पौडेलले पार्टी एकता नहुँदैदेखि दाहालले सहमति भङ्ग गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले अनेक विकल्प अघि सार्दा पनि सहमति कायम गर्न नसकिएको बताएका थिए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया