NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

ओलीलाई झट्का : एक दिन अघि बनाइएका १९ केन्द्रीय सदस्यले छोडे साथ [सूचीसहित]

काठमाडौं । फुटतर्फ अघि बढेपछि ११ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाएका केपी ओलीको समूहबाट एकपछि अर्को गर्दै सदस्यहरुले छोड्न थालेका छन् । ओलीले आफू अल्पमतमा रहेको पार्टीका अधिकांशलाई कन्द्रीय समितिमा अवसर दिएका थिए । तर, प्रतिनिधिसभा विघटनको उनको कदममा असहमत हुनेहरुले केन्द्रीय समितिमा बस्नसमेत अस्वीकार गरेका छन् । यस्ता नाम अहिलेसम्म १९ नाघेको छ । याे संख्या बढ्दै जाने देखिएकाे छ । सुरूवातमा तीन चार जनामात्र खुलेका थिए । यसरी छाेड्नेमा मन्त्री, सांसद, स्थानीय तहका प्रमुखहरु, जिल्ला स्तरका नेतासहितका छन् । यस्ता छन् ओलीलाई छोड्ने अहिलेसम्मका १९ जना १) डम्बरध्वज तुम्बाहाम्फे–ताप्लेजुङ २) गोपाल बुढाथोकी–झापा ३) जसमाया गजमेर–प्रदेश १ सामाजिक विकास राज्यमन्त्री ४) ज्ञानेन्द्र श्रेष्ठ–उदयपुरको कटारी नगरपालिका प्रमुख ५) सुन्दर वि.क.–नेकपा बारा जिल्ला सचिव ६) कमलेश झा–नेकपा प्रदेश २ सदस्य ७) भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य ८) बृहस्पति अधिकारी–नवलपरासी ९) जागेश्वरीदेवी चौधरी–तिलोत्तमा नगरपालिका उपप्रमुख १०) अमरबहादुर डाँगी–प्रदेशसभा सदस्य ११) टिका खडका-दाङ १२) नेत्र पन्थी- रुपन्देही १३) नन्द किसोर ढकाल- रुपन्देही १४) देबी बस्याल- पाल्पा १५) आशोक शाही १६) कमल श्रेष्ठ- पाल्पा १७) कल्याणी चाैधरी-बारा १८) गगन विष्ट- गुल्मी १९) नरेश पाेखरेल- बिराटनगर

ताजा अपडेट

नेपालवाच विशेष