नेकपाको दुवै समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको ओली र प्रचण्ड दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । नेकपाको ओलीपक्षीय केन्द्रीय कमिटीको बैठक आज बालुवाटारमा बस्दै छ भने प्रचण्ड समूहको बैठक बबरमहलमा बस्दै छ । दुवै पक्षको बैठक दिउँसो ११ बजेदेखि बस्न लागेको हो । यसअघि मंगलबार पनि दुवै पक्षको केन्द्रीय कमिटी बैठक बसेको थियो । मंगलबार बालुवाटारमा बसेको ओली पक्षको बैठकबाट ११ सय ९९ जना सदस्यहरुको महाधिवेशन आयोजक समिति गठनसँगै आफ्नो पक्षको प्रवक्ताको रुपमा प्रदिप ज्ञवालीलाई राख्ने निर्णय भएको थियो । यता प्रचण्ड पक्षको मंगलबारको बैठकले भने आफ्नो पार्टीको कारबाही स्वरुप केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर माधव कुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । आइतबार प्रधानमन्त्री ओलीले अचानक प्रतिनिधिसभा विघटन गरेपछि नेकपाभित्र ओली पक्ष र प्रचण्ड पक्ष राजनीतिक रुपमा विभाजित भएको छ । हालसम्म पार्टी फुटेको औपचारिक घोषणा नभएपनि दुवै पक्षले आफू आधिकारिक पार्टी भएको भन्दै एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया