नेकपा सांसद तामाङ ओली समूह छाडेर प्रचण्ड समूहमा

काठमाडौं । नेकपाका सांसद शेरबहादुर तामाङ नेकपाको ओली समूह छाडेर प्रचण्ड समूहतर्फ लागेका छन् । तामाङ राजनीतिक रुपले विभाजित नेकपाको ओली समूहको सोमबार र मंगलबारको बैठकमा सहभागी भएका थिए । तर, बिहीबार भने तामाङ पुनः प्रचण्ड समूहतर्फ फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाका नेताहरुले आफ्नो गुट हेरफेर गरिरहेका छन् । यसैबिच आफ्नो हस्ताक्षरलाई प्रचण्ड समूहले अविश्वासको प्रस्तावमा दुरुपयोग गरेको समेत बताएका तामाङले भने अहिले आफूलाई प्रचण्ड समूहकै कुरा चित्त बुझेकाले उक्त समूहतर्फ फर्किएको बताएका छन् । तामाङकी श्रीमती उषाकला राईले पनि ओली पक्षको निर्णयबाट आफूलाई केन्द्रीय कमिटी सदस्यमा राखिएको कुरालाई अस्वीकार गरेकी थिईन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया