NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

मूल्य नपाउँदा अलैँची किसान चिन्तित

ताप्लेजुङ । ताप्लेजुङका किसान अलैँचीको भनेजस्तो मूल्य नपाउँदा चिन्तित बनेका छन् । केही वर्षयता उतारचढाव आइरहेको अलैँचीको मूल्य यस वर्ष झन घटेको छ । कृषकका अनुसार यस वर्ष नयाँ उत्पादन बजारमा लैजाँदा गत वर्षको भन्दा कम मूल्य पाएका थिए । चार वर्षअघि प्रतिमन एक लाख रुपैयाँभन्दा बढिमा अलैँची बिक्री भएको थियो । तर, त्यसपछिका वर्षहरुमा भने अलैँचीको मूल्य क्रमशः घट्दै गएको किसानहरु बताउँछन् । चार वर्षअघि प्रतिमन एक लाख रुपैयाँभन्दा बढिमा बिक्री भएको अलैँचीको अहिलेको मूल्य भने २५ हजार पाँच सय रुपैयाँ प्रतिमन छ । स्थानीय कृषकका अनुसार गत वर्ष प्रतिमन २६ देखि २७ हजार रुपैयाँमा अलैँची कारोबार भएको थियो । ‘भाउ बढेर एक लाख रुपैयाँभन्दा माथि पुगेपछि त्यसै वर्ष ऋण लिएर अलैँचीमा लगानी थपेँ, धान मकै फल्ने खेतबारी मासेर अलैँची रोपेँ,’ सिरिजंघाका अलैँची किसान राजकुमार भट्टराई भन्छन्, ‘तर भने जस्तो भाउ नआउँदा लगानी पनि त्यसै खेर गयो । अन्नपात पनि किनेर जोहो गर्नुपर्ने अवस्था आएको छ ।’ स्थानीयका अनुसार भारत बाहेकका तेस्रो मुलुकमा सिधैं निर्यात हुने वातावरण नबन्दासम्म मूल्यमा सुधार हुने संकेत देखिएको छैन् । स्थानीय बुद्ध दाहाल भन्छन्, ‘राज्यले यसको बजारी करण र मूल्यमा एक रुपताका लागि विशेष पहत गर्नपर्छ । नत्र भारतीय व्यापारीले जति मूल्य भन्छन्, त्यत्तिमै कारोबार गनुपर्ने हुन्छ ।’

ताजा अपडेट

नेपालवाच विशेष