चिनियाँ राजदूत र प्रचण्डबीच भेट

काठमाडौं । चिनियाँ राजदूत हाउ यान्छीले राजनितिक रुपले विभाजित नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छिन् । यान्छीले बिहीबार बिहान प्रचण्डलाई उनकै निवास खुमलटारमा भेटेकी हुन् । स्रोतका अनुसार यान्छीले र प्रचण्डबीच करिब आधा घण्टा समसामयिक विषयमा कुराकानी भएको थियो । यसअघि राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेकी थिइन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई पक्षमा विभाजित भएको थियो । सोही सन्दर्भमा मंगलबार चिनियाँ राजदूत यान्छी र राष्ट्रपति भण्डारीबिच भेट भएको थियो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया