NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

बादल लागे ओलीतिरै

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि राजनितिक रुपमा फुटेको नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र वरिष्ठ नेता वामदेव गौतम तठस्थ थिए । ओली वा प्रचण्ड–नेपाल कुनै पक्षतिर पनि नलागेका दुईलाई फकाउन दुवै समूहको कसरत चलिरहेको थियो । अन्ततः गृहमन्त्री थापाले भने आफ्नो समूह छानेका छन् । लामो समयसम्म कुनै पक्षतर्फ झुकाव नदेखाएका थापाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो छलफलपछि आफू नेकपाको ओली समूहमै रहने देखाएका छन् । बादलले बुधबार ओलीसँग गरेको छलफलबाट आफू उनकै समूहमा बस्ने निर्णय गरेका हुन् । गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष