बञ्चरो हानी श्रीमतीको हत्या

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले हिजो राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए ।स्थानीयवासीका अनुसार घट्ना हिजो राती करिब १ बजे घटेको हो । स्थानीयवासीले उक्त घटनाबारे प्रहरीलाई जानकारी दिएपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो । घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको थापाले बताए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया