पौडेलले राखे केन्द्रीय सदस्यहरुको भेला

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय सदस्यहरुको भेला राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा जानुपर्ने मत राख्दै आएका प्रतिपक्षी दल कांग्रेसका नेता पौडेलले केन्द्रीय सदस्यहरुको भेला राखेका हुन् । उनले कांग्रेसको केन्द्रीय कमिटी बैठक सुरु हुनुभन्दा अघि अनामनगरमा भेला राखेका छन् । उक्त भेलामा कांग्रेस महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गगन थापालगायत पौडेल पक्षका सम्पूर्ण नेताहरुको उपस्थिति रहने छ । प्रधानमन्त्रीको कदम बारे कांग्रेसमा दुई मत देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलनभन्दा पनि सर्वोच्चको फैसला कुर्ने बताईरहेका छन् भने पौडेल पक्षले भने आन्दोलनमा जानुपर्ने मत राखिरहेको छ । कांग्रेसले आज दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया