NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

प्रतिनिधिसभा बैठक बोलाउन सभामुखलाई जसपाको आग्रह

काठमाडौं । संसद्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीले प्रतिनिधिसभा जिवितै रहेको ठहर गरेको छ । बिहीबार प्रतिनिधिसभाका समामुख अग्निप्रसाद सापकोटालाई सिंहदरबारमा भेटेर बैठक आह्वान गर्न आग्रह गरेको हो । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, नेता लक्ष्मणलाल कर्ण लगायतको टोलीले भेटिरहेको छ । उनीहरुले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख सापकोटालाई बैठक आह्वान गर्न आग्रह गरेको नेता विश्वदीप पाण्डेले जानकारी दिए । यता सभामुख सापकोटाले पनि बुधबार एक विज्ञप्तीमार्फत प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष