प्रतिनिधिसभा विघटनविरूद्ध अनेरास्ववियूले मसाल जुलुसहितका कार्यक्रम गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध सत्तारूढ नेकपाकै विद्यार्थी भातृ संगठन अनेरास्ववियूले आन्दोलनको घोषणा गरेको छ । ‘सरकारले अनावश्यक अध्यादेशहरू ल्याएको र व्यवस्थामाथि नै धावा बोल्ने कुत्सित षड्यन्त्रले प्रतिनिधिसभा विघटन गरेको भन्दै आक्रोशित भएको छ ।’, अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले भने, ‘स्थिर सरकार र पाँच वर्ष नेकपा कै सरकारका लागि जनताले दिएको अभिमतमाथि विश्वासघात गरी मुलुकलाई देशीविदेशी प्रतिक्रियावादीहरुको क्रिडास्थल बनाउने षड्यन्त्रको हामी घोर भर्त्सना गर्दछौँ ।’ उनले विज्ञप्तीमाफर्त प्रधानमन्त्री केपी ओली गरेको हठात् प्रतिनिधिसभा विघटनलाई खारेज गरी तत्काल संसद् पुनर्स्थापना गर्न पनि माग गरेका छन् । सहसंयोजक तामाङले संसद विघटनपछि देशव्यापी रूपमा भइरहेको आन्दोलमा ऐक्यवद्धता समेत रहेका बताएका छन् । यस्तै, अनेरास्ववियूका पहिलो चरणका तीनवटा विरोधका कार्यक्रमको पनि घोषणा गरेको छ । बिहीबार बेलुका देशैभरका प्रत्येक जिल्लामा मशाल जुलुस गर्ने, शुक्रबार देशैभर प्रत्येक जिल्लामा दिउँसो बिरोध प्रदर्शन सहित कोणसभा गर्ने र उपत्यकामा दिउँसो ११ बजे माइतीघरबाट प्रदर्शन शुरु गर्ने निर्णय पनि गरेको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया