सल्लाहकारले छाडे गृहमन्त्रीको साथ

काठमाडौं । गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य राम बहादुर थापा ‘बादल’का सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ थापाको सल्लाहकारको जिम्मेवारीबाट हटेका छन् । सुवेदीले सामाजिक सञ्जालमार्फत आफू राजनीतिक र नैतिक दुवै दृष्टिले गृहमन्त्री थापाको सल्लाहकारको भूमिकाबाट हटेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘गृहमन्त्री आदरणीय क. राम बहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु।’ प्रतिनिधिसभा विघटनसँगै नेकपाका नेताहरु आफ्नो आफ्नो गुटतर्फ लागेका छन् । यसकै असर गृहमन्त्री र उनका सल्लाहकारमा पनि देखिएको छ । गृहमन्त्री थापाले नेकपाको ओली समूहमा सामेल हुने निर्णय गरेसँगै उनका सल्लाहकार सुवेदीले उनको साथ छाडेका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया