निर्वाचन क्षेत्रमात्र होइन जिल्ला र पालिकासम्मै आन्दोलन : पौडेल पक्ष

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद आन्दोलनमा जान आनाकानी गरेपछि कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षले संस्थापनलाई दबाब दिने भएको छ । पौडेल पक्षको केन्द्रीय सदस्यहरुको भेलाले देशैभर विरोध र प्रदर्शन गर्नुपर्ने भन्दै केन्द्रीय समितिमा प्रस्ताव राख्ने निर्णय गरेको हो । ‘पहिले तयार नभए पनि संस्थापनले विरोध र प्रदर्शनको कार्यक्रम १६५ निर्वाचन क्षेत्रमा गर्न तयार भएको थियो’ केन्द्रीय सदस्य गुरु घिमिरेले भने, ‘तर, हामीले असंवैधानिक कदमको जिल्ला, निर्वाचन क्षेत्र र पालिका तहसम्मै विरोधको कार्यक्रम लानुपर्ने प्रस्ताव अघि सार्ने निर्णय गरेका छौं ।’ बैठक सकेर पौडेल पक्ष सानेपामा बस्ने केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेका छन् । बैठकमा भेलाकाे प्रस्ताव राख्ने उनीहरुकाे तयारी छ । अनामनगरमा भएको पौडेल भेलामा ३० केन्द्रीय सदस्य सहभागी थिए । सिटौला समूहका गगन थापा र प्रदीप पौडेल पनि भेलामा सहभागी भएका थिए । सरकारविरोधी एजेण्डामा कुरा मिलेपछि उनीहरु पनि सहभागी भएका हुन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया