प्रचण्ड–नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जाने, प्रवक्ता श्रेष्ठको नेतृत्वमा संघर्ष समिति गठन

काठमाडौं । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरूद्ध आन्दोलनमा जाने भएको छ । सो समूहले केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । प्रतिनिधिसभा विघटनविरूद्ध काठमाडौ लगायतका सहरमा दैनिक आन्दोलन गर्ने निर्णय पनि गरेको छ । जसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २ हजार ५०१ सघर्ष समिति गठन पनि गरेको छ । यस्तै, आगामी १० पुसको ९ः३० बजे सबै केन्द्रीय सदस्य र सासंदलगायत माइतीघरमा भेला भएर निर्वाचन आयोग जाने भएका छन् भने आगामी एक हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यस्तो छ कार्यतालिका १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने१२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने१४ गते ७७ वटै जिल्लामा प्रतिनिधिसभा विघटनविरूद्ध आन्दोलन२० गतेभित्र नगर/गाउँपालिकासम्म बैठक, भेला गर्ने२५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया