NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

सेयर बजारमा २९.८३ अंकको गिरावट

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । आज शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २९.८३ अंकले घटेर २०३८.६३ मा पुगेको छ । आज नेप्से १.४४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.७४ अंकले घटेर ३८६.७६ मा पुगेको छ । कूल २०४ वटा कम्पनीको ९८ लाख ६० हजार ५ सय ३६ कित्ता सेयर खरिदबिक्री भएको छ भने ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । स्टकका अनुसार बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा उपसमूहको सेयर बढेको छ । बाँकी १० वटा उपसमूहका सेयर भने घटेका छन् । त्यसैगरी, बिहीबार कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । बैंकको ६१ करोड ४९ लाख ६५ हजार ९ सय ४१ रूपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष