प्रचण्ड-नेपाल पक्षका महासचिव स्थायी समितिले चयन गर्ने

काठमाडौं । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले पार्टीका नयाँ महासचिव स्थायी समितिको बैठकबाट चयन गर्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले स्थायी समितिले आवश्यक निर्णय गर्न सक्ने गरी अधिकार दिएको बताए । श्रेष्ठका अनुसार अब बस्ने स्थायी समितिको बैठकले नयाँ महासचिव तोक्ने छ । प्रधानमन्त्री केपी ओली समूहको नेकपामा महासचिव विष्णु पौडेल गएपछि सो पद रिक्त रहेको छ । नेकपा उपाध्यक्ष वामदेव गौतम ओली र प्रचण्ड दुवै तिर नखुलेकाले उनी बाहेक अन्य ४ जना सचिवालय सदस्य पनि स्थायी कमिटीबाटै चयन गरिने प्रवक्ता श्रेष्ठले बताए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया