NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

चुनावमा अवसरवादीलाई परास्त गरिनेछः गृहमन्त्री थापा

काठमाडौं । राजनीतिक रुपले विभाजित नेकपाको ओली पक्षतर्फ गएका गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापाले आउँदो चुनावमा अवसरवादीलाई परास्त गरिने बताएका छन् । बालुवाटारमा जारी ओली पक्षको केन्द्रीय कमिटी बैठकमा थापाले अब चुनावमा विभाजनकारी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गरिने बताएका हुन् । उनले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको समेत बताएका छन् । साथै, थापाले आफूले कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितका पक्षमा रहेकालाई साथ दिएको बताए ।

ताजा अपडेट

नेपालवाच विशेष