NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

प्रचण्डपक्षीय संयोजक हटाई चार प्रदेशमा तोकियो ओलीपक्षीय संयोजक

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले प्रचण्ड पक्षकालाई हटाएर चार प्रदेशमा आफ्नो पक्षका संयोजकहरुलाई तोकेको छ । बालुवाटारमा आज बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले प्रचण्ड समूहकालाई हटाएर प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आफ्ना पक्षका संयोजक तोकेको हो । बैठकबाट भीम आचार्यलाई हटाएर प्रदेश १ को संयोजकको रुपमा सुवास नेम्वाङलाई खटाएको छ । भीम आचार्य प्रचण्ड निकट थिए । त्यस्तै, प्रदेश २ मा ओली पक्षकै सत्यानारायण मण्डल रहेका छन् । त्यस्तै, बागमती प्रदेशकी संयोजकबाटा अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई तोकिएको छ । कर्णालीमा जनार्दन शर्माको ठाउँमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा भीम रावलको ठाउँमा लेखराज भट्ट संयोजक तोकिएका छन् । अन्य तीन प्रदेशमा भने ओली पक्षकै संयोजक रहेकाले उनीहरुमै जिम्मेवारी कायम गरिएको छ । सँगै, ओली पक्षको केन्द्रीय कमिटी बैठकबाट जनवर्गीय संगठनको मोर्चाका संयोजक पनि फेरिएको छ । जनार्दन शर्मा संयोजक रहेको जनवर्गीय संगठनमा टोपबहादुर रायमाझीलाई संयोजक बनाउने निर्णय केन्द्रीय कमिटीबो बैठकले गरेको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई समूहमा विभाजित नेकपाका प्रचण्ड–नेपाल समूह र ओली समूहले एकअर्का विरुद्धमा कारबाही गरिरहेका छन् । प्रचण्ड नेपाल समूहले बुधबारको बैठकबाट ओलीलाई नेकपाको अध्यक्षबाट अटाएर माधव नेपाललाई नयाँ अध्यक्ष बनाएको थियो । यता ओली पक्षको आजको केन्द्रीय कमिटी बैठकले नेकपामा दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्थालाई परिवर्तन गरेर प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने व्यवस्था गर्दै कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को अधिकार खोसेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष