NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

यसरी बन्दैछ धरहरा, २० तलाको पुनर्निर्माण सकियो (भिडियो रिपोर्ट)

https://www.youtube.com/watch?v=eTaAHJJxUMM&feature=youtu.be काठमाडौँ – २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न भएको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशिल ज्ञवालीले २० औं तलामा बन्ने बारदली बनाउने काम भइरहेकाे बताए। यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । यस्तै धरहरा परिसर भित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको सिइओ ज्ञवाली बताउँछन् । त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्यपनि तीव्र गतिमा भइरहेकाे छ। जमिन मुनीको दुईतलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पुनर्निर्माण भइरहेको छ। यसै आर्थिक वर्ष भित्रमा काम सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढेको प्राधिकरणका सिइओ ज्ञवालीको भनाइ छ । आगामी असार मसान्तसम्म मुलभूत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने ज्ञवालीले बताए। प्राधिकरणको समयावधि आगामी वर्षको पुष १० गते सम्म भएकाले आगामी असार मसान्तसम्म सबै क्षेत्रको पुनर्निर्माणको आधारभूत काम सम्पन्न गर्ने र बाँकी काम सम्बन्धित निकायलाई जिम्मा लगाउने उनले जानकारी दिए । धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कूल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष