बल्खुको पार्टी कार्यालय पुगेर प्रचण्ड–नेपालले भने : नेकपाको मूलधार हामी हौँ, कसैले दावी नगर्नू !

काठमाडौं । विभाजनको औपचारिकतामात्र बाँकी रहेको नेकपाका नेताहरूले एकले अर्कालाई आफू मूख्य शक्तिका रुपमा दावी गर्न थालेका छन् । केपी ओली पक्षले आफूलाई संस्थापन पक्ष दावी गरिरहँदा प्रचण्ड–माधव नेपाल पक्षले पनि आफूमात्र मूलधार रहेको दावी गरेको छ । नेपालले प्रचण्डसहितको आफ्नो खेमा नै नेकपाको मूलधार भएको दावी गरेका गरे । ‘नेकपाको मूल शक्ति हामी हौँ, अरु कसैले दावी नगर्दा हुन्छ,’ नेपालले भने, ‘कोही चोइटिएर जान चाहन्छन् भने हाम्रो भन्नु केही छैन ।’ ‘कम्युनिस्टहरूको ऐतिहासिक एकताबारे प्रस्ताव पारित गरेको सन्दर्भमा बल्खुस्थित पार्टी कार्यालयमा मदन भण्डारीको शालिक छ, यहाँ माल्र्यापण गर्न र देशभर सच्चा कम्युनिस्टहरूको एकता आवश्यक भएको सन्देश दिन आएका हौँ,’ प्रचण्ड ‘यहाँको जग्गा खरिद गर्दा, यहाँ भवन निर्माण गर्दा र केन्द्रीय कार्यालय सञ्चालन गर्ने सन्दर्भमा भावनात्मक रुपमा म जोडिएको छु । झलनाथ खनाल जोडिनुभएको छ र अमृत बोहरा जोडिनुभएको छ र अहिले सिंगो नेपालका कम्युनिस्ट पार्टीहरू, कम्युनिस्ट आन्दोलनप्रति प्रतिवद्धहरू पनि नेकपामा प्रतिवद्ध छन्,’ नेपाल बिहीबार आफ्नो पक्षको केन्द्रीय समिति बैठक समापन गरेर प्रचण्ड र नेपाल तत्कालीन नेकपा एमालेको केन्द्रीय कार्यालय बल्खुको मदननगर पुगेका थिए । प्रचण्ड र नेपालले उक्त कार्यालय आफूहरूको भएको दाबी गरे । प्रचण्डले आफ्नो अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय समितिको बैठकले भवन बनाउने निर्णय गरेको र अहिले कस्तो अवस्थामा रहेको छ भनेर निरीक्षण गर्न आएको बताए । ‘यहाँको जग्गा खरिद गर्दा, यहाँ भवन निर्माण गर्दा र केन्द्रीय कार्यालय सञ्चालन गर्ने सन्दर्भमा भावनात्मक रुपमा म जोडिएको छु । झलनाथ खनाल जोडिनुभएको छ र अमृत बोहरा जोडिनुभएको छ र अहिले सिंगो नेपालका कम्युनिस्ट पार्टीहरू, कम्युनिस्ट आन्दोलनप्रति प्रतिवद्धहरू पनि नेकपामा प्रतिवद्ध छन्,’ नेपालले भने । ‘कम्युनिस्टहरूको ऐतिहासिक एकताबारे प्रस्ताव पारित गरेको सन्दर्भमा बल्खुस्थित पार्टी कार्यालयमा मदन भण्डारीको शालिक छ, यहाँ माल्र्यापण गर्न र देशभर सच्चा कम्युनिस्टहरूको एकता आवश्यक भएको सन्देश दिन आएका हौँ,’ प्रचण्डले भने । केन्द्रीय कार्यालय आउनु नेपाललाई पार्टी अध्यक्षमा निर्वाचित गरेको सन्दर्भसँग पनि जोडिएको प्रचण्डले बताए । प्रचण्डले प्रतिनिधिसभा अप्राकृतिक र असंवैधानिक ढंगले विघटन गरिएको बताए यो कदम लोकतन्त्र, गणतन्त्र र कम्युनिस्टहरूले प्राप्त गरेका उपलब्धीका विरुद्ध षडयन्त्र भएको पनि बताए । सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई सफल हुन नदिने पनि चेतावनी पनि प्रचण्डले दिए ।‘बल्खुको कार्यालय हाम्रो हो’ नेपालले केन्द्रीय कार्यालयको जग्गा खरिद गर्न आफू, झलनाथ खनाल र अमृत बोहराको विषेश भूमिका रहेको बताए । बल्खुको कार्यालय आफूहरूको भएको दावी गरे ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया