NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

नयाँ कोरोना भाइरस : बालबालिकाका लागि झनै जोखिम

एजेन्सी । गएको हप्ता बेलायतको पूर्वी तथा दक्षिणी भेगमा देखिएको नयाँ कोरोना भाइरस बालबालिकाका लागि झनै जोखिमपूर्ण हुने वैज्ञानिकहरुको अध्ययनले देखाएको छ । अहिले विश्वभर फैलिएको कोभिड–१९ बाट बालबालिकाहरु खासै प्रभावित भएका छैनन् । तर नयाँ भाइरसको बालबालिकामा संक्रमण रहने वैज्ञानिकहरुले बताएका हुन् । ‘सामान्यता बालबालिकामा भाइरसको संक्रमणको जोखिम वयश्कको तुलनामा कम हुन्छ । तर अहिलको नयाँ भाइरसले बालबालिकालाई पनि वयश्ककै तुलनामा संक्रमण गराउने जोखिम छ,’ इम्पेरियल कलेज लन्डनकी भाइरोलोजिस्ट वेन्डी बक्रलेले भनेकी छिन् । के भन्छन् वैज्ञानिक ? वैज्ञानिकहरुले अहिले बेलायतमा देखा परेको कोरोना भाइरसमा कोभिड–१९ मा भन्दा भिन्नता रहेको बताएका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको स्वरुपमा हालसम्म धेरै परिवर्तन आइसकेको छ । यो पनि त्यसमध्येकै एक हो । वैज्ञानिकका अनुसार भाइरसले आफ्नो गुणमा परिवर्तन गर्ने ‘म्युटेसन’को क्रममा यो नयाँ स्वरुप देखा परेको हो । नयाँ प्रकृतीको भाइरस डिसेम्बरबाट अन्वेषकहरुको ध्यानमा आएपनि त्यो नमुना संकलन भने सेप्टेम्बरमा नै भएको थियो । छिटो सर्न सक्ने सम्भावना हाल देखा परेको भाइरस अन्य भाइरस भन्दा छिटो सर्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । बेलायतको दक्षिण भेगमा तिव्र रुपमा फैलिएको यो भाइरसमा अन्य विविधता पनि देखिएको छ, जुन महिनौंदेखि अन्त पनि फैलिएको हुन सक्ने अनुमान लगाइएको छ । बेलायतका एपिडेमियोलोजिस्ट निल फर्गुसनका अनुसार यो प्रवृतिको भाइरस अन्य भाइरस भन्दा ५० देखि ७० प्रतिशतले चाँडै सर्न सक्छ । नयाँ प्रवृतिको यो भाइरसबाट जोगीन हामीले हाल पालना गर्दै आएका नियमलाई ख्याल गर्दा पनि धेरै सहज हुने वैज्ञानिकहरुले बताएका छन् । भौतिक दूरी कायम गर्न, फेस मास्क, वेलावेलामा साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्नु नै भाइरसबाट बच्ने विधि भएको वैज्ञानिकहरुले बताइरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष