संसद् विघटनविरुद्धको रिटमा दोस्रो पटक सुनुवाई सुरु, प्रधानन्यायाधीश जवराले इजलासमा आफू पक्षधर न्यायाधीश रोजे

काठमाडौं । संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्चले दोस्रोपटक सुनुवाई गर्दैछ । शुक्रबार सर्वोच्चको संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाई हुँदैछ । रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा समेटेका छन् ।संसद् विघटनविरुद्ध सर्वोच्चमा १३ रिट दायर भएका छन् । ती सबै रिटको छिनोफानो संवैधानिक इजलासले गर्दैछ । राष्ट्रिय राजनीतिमा हलचल ल्याएको संसद् विघटनविरुद्धको मुद्दामाथि सर्वोच्चको फैसला निर्णायक हुनेछ । तर, संसद् विघटनको महत्वपूर्ण रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश जवराले आफूअनुकुलका न्यायाधीशलाई इजलासमा समेटेका छन् । उनले रोलक्रममा रहेका दीपककुमार कार्की र मिरा खड्कालाई नियमित इजलासमा पठाएर आफू पक्षधर न्यायाधीशलाई संवैधानिक इजलासमा समेटेका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया