NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

नेकपा फुटेको होइन्, चोइटिएको होः खनाल

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले पार्टी फुटेको नभएर चोइटिएर गएको बताएका छन् । केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खनालले यसो बताएका हुन् । उनले भने, ‘नेकपा पार्टी फुटेको छैन्, चोइटिएर गएको हो ।’ साथै, उनले आफ्नो समूह आधिकारिक पार्टी भएको र ओली समूह आफूसँग चोइटिएर गएको संकेत पनि गरेका छन् । उनले भने, ‘रुखको बोक्रा निस्किदैंमा रुख मर्छ र? रुखको बोक्रा झर्दैमा रुख ढलेको कसरी मान्ने?’

ताजा अपडेट

नेपालवाच विशेष