NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

संयोजक महरलाई कारबाही गर्न अनेरास्ववियूको सिफारिस

काठमाडौं । अनेरास्ववियूका संयोजक ऐन महरलाई कारबाहीको सिफारिस गरिएको छ । अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले एक विज्ञप्ती जारी गर्दै महरमाथि कारबाहीको सिफारिस गरिएको बताएका छन् । विज्ञप्तीमा भनिएको छ ,‘संयोजक ऐन महर निरन्तर रुपमा सत्ताको निरपेक्ष भजन–किर्तन गर्ने काममा मात्र तल्लीन हुनुभयो । समाजमा व्याप्त विकृति ,विसङ्गति र भष्ट्राचार विरुद्ध सम्झौताहीन संघर्ष गर्ने संगठनको परम्परा विपरीत उहाँ स्वयं तिनको वाहक भएर अनेरास्ववियूलाई मण्डलकरण गर्न उद्धत भइरहनुभयो ।’ सँगै, महरले संगठनको एकताको मर्म र विधि विधानलाई वेवास्ता गर्दै एकलौटी रुपमा अराजक गतिविधि र गुटबन्दी गरेको, विधान विपरीत एकतर्फी काम गरेको लगायतका कारणले उनलाई कारवाही गरिएको विज्ञप्तीमा बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष