NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

स्कुल बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

झापा । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा झापामा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे १ क १४१ नम्बरको स्कुल बस मे ९ प ५५६६ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा झापाको गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । दुर्घटनामा घाइते भएका राजवंशीलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पतालमा लगिएको थियो । प्रहरीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष