ग्रामीण पर्यटन प्रवर्दन गर्न होमस्टेलाई एक करोड अनुदान

बागलुङ । गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लाका १० सामुदायिक घरबास (होमस्टे)लाई एक करोड रुपैयाँको अनुदान उपलब्ध गराउन थालेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागलुङमा रहेको २८ वटा सामुदायिक होमस्टेमध्ये १० वटा छनोट गरेर पूर्वाधारका लागि अनुदान दिन थालिएको हो । ग्रामीण पर्यटन प्रवर्दनमा होमस्टेलाई व्यवस्थित गराउनका लागि आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका ती होमस्टेले एक करोड रुपैयाँ अनुदान पाएका हुन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजालका अनुसार हालसम्म नौ होमस्टे छनोट भइसकेका छन् भने एउटा छनोट हुन बाँकी छ । उनका अनुसार अनुदान स्वीकृत भएका होमस्टेहरुले पूर्वाधार निर्माण गर्न १० लाख रुपैयाँ पाउनेछन् भने दुई लाख होमस्टे सञ्चालकले नै खर्च गर्नुपर्ने छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया